कृषि नेपाली अर्थतन्त्र र जनजीवनको अभिन्न अङ्ग रहि आएको छ । मूलतः अर्थतन्त्रको ठुलो हिस्सा ओगट्ने कृषि क्षेत्रले रोजगारीको समेत राम्रो अवसर सिर्जना गरेको छ ।यसर्थ कृषि पेशालाई कृषि शिक्षा, कृषि अनुसन्धान तथा कृषि प्रसारसँग जोड्दै व्यवसायिक, प्रतिष्पर्धी र सम्मानजनक पेशाको रुपमा अघि बढाउनु आजको प्रमुख आवश्यकता पनि हो ।

सूचना र प्रविधिको द्रुततर विकाससँगै हामीले सिक्न पर्ने र हालसम्म सिकेका तथा व्यवहारमा उतार्न नसकेका धेरै कृषि सम्वन्धी ज्ञान, सीप र धारणालाई समानुकुल व्यवस्थित, परिमार्जित, उत्पादनशील र दीगो वनाउनु अपरिहार्य भइसकेको छ । यसै तथ्यलाई आत्मसात गर्दै प्रदेश नं. १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय विराटनगरले कृषि शिक्षा, तालिम तथा सिकाईलाई व्यवस्थित गर्ने दीर्घकालीन सोचका साथ यो अनलाईन तालिम प्रणालीको विकास गरेको छ । यो प्रणाली एउटा अनलाईन प्लेटफर्म हो जसले विद्यार्थी, सेवाकर्मी प्राविधिक, अनुसन्धान कर्ता र कृषि क्षेत्रसँग सम्वन्धित सवै सरोकारवालालाई ज्ञान सीप, क्षमता र दक्षता हासिल गर्न सहजता थप्नेछ भन्ने आशा एवं विश्वास लिईएको छ ।

सहभागिता र आफ्नो अभिरुची तथा सफलता झल्काउने प्रमाणपत्र (Certificates after Completion) हरु समेत उपलव्ध हुने गरेर यहाँ पाठ्यक्रमहरु तयार गरिएका छन । आगामी दिनहरुमा यस प्रणालीमामा हामी थुप्रै नयाँ नयाँ पाठ्यक्रमहरु विकास गरेर यहाँहरुमाझ प्रस्तुत गर्ने नै छौं ।यहाँहरुको सक्रियता र पृष्ठपोषणको सदैव अपेक्षा गर्दछौं । धन्यवाद !